प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

Logo
प्रकाशित मंगलबार, चैत्र १०, २०७७

काठमाडौं : पुनरस्थापित पछिको प्रतिनिधिसभाको पाँचौं बैठक बस्दैछ। मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा तीनवटा वार्षिक प्रतिवेदन पेश हुने भएका छन् । संघीय संसद् सचिवालयले निकालेको कार्यसूचीमा प्रधानमन्त्री केपी ओलीले न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक प्रतिवेदन तथा महान्यायाधीवक्ता कार्यालयको आर्थिक वर्षको प्रतिवेदन पेश गर्ने उल्लेख छ।

त्यस्तै, उद्योग तथा वाण्ज्यि र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संघीय संसद्को महासचिव डा. भरतराज गौतमले जनाएका छन्।

पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक फागुन २३ गते बसेको थियो। सो बैठक सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद् र प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुले बहिष्कार गरेका थिए।

त्यसपछि फागुन २६ गते बसेको दोस्रो बैठक निधन भएका १४ वटा पूर्वसांसदको नाममा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको थियो। त्यसपछि फेरि चैत्र ३ र ६ गते संसद् बैठक बसेको थियो।सरकारले विजनेस नदिएका कारण व्यवस्थापिका संसदको बैठक प्रभावित हुँदै आएको छ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]