

विराटनगर अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा उजागर गर्नको लागि एक महत्वपूर्ण पहल हुने भएकाे छ।
यो कार्यक्रमले “अपाङ्गता भएका व्यक्तिहरुको पहिचान, कलाको व्यवसायिकताले बढाउनेछ आय र आत्मसम्मान” भन्ने मुल नारासहित कोशी प्रदेशमा नयाँ अवसरको ढोका खोल्न खोजेको देखिन्छ।
आयोजक राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, कोशी प्रदेश
सहकार्य करुणा फाउण्डेशन नेपाल, कोशी प्रदेश सरकार (सामाजिक विकास मन्त्रालय) काे सहयाेगममा हुने भएकाे छ।
अपाङ्गता भएका व्यक्तिहरूको अन्तरनिहित प्रतिभा पहिचान गर्नु। प्रोत्साहन तथा व्यवसायिक बनाउने। उदेश्यले याे कार्यक्रम गर्न लागेकाे हाे।
आत्मनिर्भर र सम्मानजनक जीवनतर्फ अभिप्रेरित गर्नु। व्यसायिकआर्थिक तथा सामाजिक रूपमा सक्षम नभईकन कुनै पनि व्यक्ति पूर्णरूपमा आत्मनिर्भर हुन सक्दैन । दुर्भाग्यवश, अपाङ्गता भएका व्यक्तिहरु अवसर नपाएर अरूको भरमा कठिन जीवनयापन गर्न बाध्य छन्’, महासंघका कोशी प्रदेश अध्यक्ष नविनचन्द्र ढुङ्गेलले भने, ‘यद्यपि, अपाङ्गता हुनु असक्षम हुनु होइन । यदि अनुकूल वातावरण र अवसर प्रदान गरियो भने अपाङ्गता भएका व्यक्तिहरूले पनि आफ्नो सीप, कला र योग्यता प्रस्तुत गरी परिवार, समाज र राष्ट्रलाई गौरवपूर्ण योगदान गर्न सक्छन् ।’ अध्यक्ष नविनचन्द्र ढुङ्गेलको भनाइरहेकाे छ।
कानुनी आधारनेपालको संविधान, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४।अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि २००६
प्रतिभा प्रस्तुतिका क्षेत्रहरूकविता वाचन वक्तृत्वकला संगीत तथा नृत्य,चित्रकलाहस्तकला आवेदन फारमसहित आफ्नो प्रतिभाको विवरण पठाउन सकिने।
विज्ञहरूद्वारा मूल्यांकन गरिने र उत्कृष्ट प्रतिभालाई व्यवसायिक रूपमा अगाडि बढाउने।
सकिन्छ ।