विराट एक्स्पो २०२५ आज देखि सुरु भएको छ ।
उद्योग संगठन मोरङले आयोजना गरेको आठौं विराट एक्स्पो(२०२५ सुरुवात भएको हो ।एक्स्पोको उद्घाटन संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्नुभएकाे छ।
विराट एक्स्पोको आज उद्घाटन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । सरकारले राजनितिलाई दुरुस्त बनाएकाले त्यसकै प्रभावले अर्थतन्त्रमा सकारात्मक सुधार आएको उनको भनाई छ ।
उत्पादन, रोजगारी, बैंकको तरता, ब्याजदर, बैदेशिक मुद्रा संचेती जस्ता सबै आर्थिक परिसुचकहरुमा सकारात्मक नतिजाहरु हासिल गरेको उनले बताए ।
अर्थमन्त्री पौडेलले अझ गतिशिल ढंगले अर्थतन्त्रलाई चलायमान बनाउन र आर्थिक क्षेत्रका समस्यालाई समाधान गर्न सरकारले प्रभावकारी कदम चालिरहेको बताए ।
सरकारले सातै प्रदेशमा एक एक हजार विगाहमा औद्योगिक क्षेत्र निर्माण गरिरहेको बताउँदै उनले मोरङमा पनि औद्योगिक क्षेत्र । प्रदर्शनी स्थल निर्माणमापनि सरकारले सहयोग गर्ने बताउँदै सम्भावित स्थानको खोजी गर्न अनुरोध गरेका थिए ।