विराटनगर \ जनता समाजवादी पार्टी नेपाल माेरङका जिल्ला अध्यक्ष राजकुमार यादवले शहिदहरूप्रति श्रद्धाञ्जली ब्यक्तगर्दै बलिदानी दिवस मनाएको छ ।
मधेश केन्द्रीत दलहरुले माघ ५ गतेको दिनलाई बलिदानी दिवसकोरुपमा मनाउँदै आएका छन । २०६३ साल माघ ५ गते प्रथम मधेश आन्दोलनको क्रममा पहिलो पटक सिरहाको लहानमा रमेश महतो शहीद हुनुभएको थियो । प्रहरीको गोली लागेर मृत्यु भएपछि मधेशभर आन्दोलन चर्किएको थियो ।
माघ ५गते काेदिनलाई मधेश केन्द्रीत दलहरुले बलिदानी दिवसकोरुपमा मनाउँदै आउनुभएकाे छ।
आजभन्दा १८ वर्ष अगाडि ०६३ माघमा तराईका रैथाने मधेशीहरूले अधिकार र पहिचानका लागि विद्रोह गरेका थिए ।
०६२/०६३ को जनआन्दोलन मधेशमा बिसाल आन्दोलन उठेको थियो ।
उक्त आन्दोलन २४ दिनको आन्दोलनले मधेश र मधेशीलाई पहिलोपटक संवैधानिक पहिचान दिलाउन सफल भयो ।
मधेश आन्दोलनको क्रममा विराटनगर सहित आसपासका पालिकाबाट विराटनगरक१७ का वेचन मियाँ, सदानन्द यादव,राजकुमार कामत,तल्लू हेमरम,निर्मल राजवंशी र दिनदयाल मण्डललगाय ९ जनाले शहादत प्राप्त गरेका थिए।
कार्यक्रममा सो पार्टीका जिल्ला सदस्य दिनेश साह,केन्द्रीय सदस्य सदिना खातुन ,जसपा ,नगर सचिव,रामचन्द्र यादव,काेषाध्यक्ष रूस्तमअलि,वडा नम्बर १७ का वडा अध्यक्ष समिमकमर ,जसपा युवाका जिल्ला अध्यक्ष सुशील यादव,लगायत नेता तथा कार्यकर्ताहरूकाे उपस्थित रहेका थिए।