भोजपुरका खेलकुद संरचनाको खेलकुद विकास बोर्डद्वारा अनुगमन

Logo
प्रकाशित बिहिबार, पुष १८, २०८१

विराटनगर : कोशी प्रदेश खेलकुद विकास बोर्डले भोजपुर जिल्लाको खेलकुद संरचनाको अनुगम तथा निरीक्षण गरेको छ।
आज जिल्लामा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) नेतृत्वको टोलीले खेलकुद संरचनाहरुको अनुगम तथा निरीक्षण गरेको हो।

बस्नेत नेतृत्वको टोलीले जिल्लाको भोजपुर रंगशाला , षडानन्द कभर्ड हल , उसु हल लगायतको खेलकुद संरचनाको अनुगम तथा निरीक्षण गरेको बोर्डका अधिकृत कालिदास भट्टराईले जानकारी दिनु भयो। भट्टराईले बोर्डले बोर्ड मातहतका कार्यालय तथा खेलकुद संरचनाको अभिलेखन गर्ने तयारी गरेकोमा कोशी प्रदेशका विभिन्न जिल्लामा रहेको संरचनाको अनुगम तथा निरीक्षण गरिरहेको बताउनु भएको हो।

त्यस्तै , जिल्ला खेलकुद विकास समिति भोजपुरले आयोजना गरेको खेल संघ तथा संस्थाहरुको अन्तरक्रिया कार्यक्रममा बोल्दै सदस्य सचिव बस्नेतले खेलकुद बोर्डले छिट्टैनै सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरेर खेलकुद बोर्ड मातहतका कार्यालयहरुमा प्रशिक्षक तथा कर्मचारी नियुक्ति गर्ने प्रष्ट पार्नु भएको थियाे।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]