शुभकामना आदान – प्रदान र चियापान कार्यक्रम सम्पन्न

Logo
प्रकाशित शनिबार, आश्विन १९, २०८१

विराटनगर : नेकपा एमाले विराटनगर महानगर संगठन कमिटीको चाडपर्व लक्षित शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। आज विराटनगरमा पार्टीका नेता तथा कार्यकर्ताको उपस्थितिमा आउँदै गरेको चाडपर्व लक्षित शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न भएको हो।

महानगर संगठन कमिटीका अध्यक्ष रोहित कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा एमाले कोशी प्रदेश इञ्चार्ज शेरधन राईले पार्टीका बलियो बनाउन सम्पूर्ण पार्टी पङ्क्ति नीति र नेतृत्वको रक्षामा केन्द्रीत हुनु पर्ने बताउनु भएको थियो। राईले एमाले पार्टी बलियो भए मुलुकले राजनीतिक निकास पाउने बताउँदै नेता कार्यकर्ताको सकारात्मक उर्जा पार्टीलाई सफल बनाउन खर्च गर्नु पर्ने धारणा व्यक्त गर्नु भएको थियो।

एमाले केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इञ्चार्ज जीवन घिमिरेले कुनै समय जननेता मदन भण्डारीले नेतृत्व गर्नु भएको महानगर कमिटीले पाएको नयाँ नेतृत्वले विराटनगरमा पार्टीलाई सफल बनाउने गरि लाग्न सुझाव दिनु भएको थियो। चाडपर्वले सञ्चार गर्ने सकारात्मक उर्जाले महानगर कमिटीले राजनीतिक मात्र नभएर सकारात्मक सामाजिक मुद्दाको उठान गर्न पनि सफल हुनुपर्ने धारणा व्यक्त गर्नु भएको थियो।

कार्यक्रममा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले आउँदै गरेको चाडपर्वहरुको शुभकामना व्यक्त गर्दै महानगर कमिटीले विराटनगरलाई पुन: लाल किल्ला बनाउने गरि लाग्नु सुझाव दिनु भएको थियो।

एमाले कोशी प्रदेश सचिवालय सदस्य तथा विराटनगर महानगरपालिका इञ्चार्ज पर्शुराम बस्नेतले छोटो समयमा महानगर कमिटीले देखाएको सक्रियताको प्रशंसा गर्दै कमिटीलाई नेताको पछि नभएर नीतिको पछि लागेर कार्य गर्न निर्देशन दिनु भएको थियो। बस्नेतले जिल्ला संगठन कमिटीले महानगर कमिटीमा देखिएको अन्योलता चिर्दै नविन समाधान दिएकोले कमिटीलाई सक्रियता साथ राजनीतिक तथा सामाजिक गतिविधि संचालन गर्न सुझाव दिनु भएको थियो।

मोरङ जिल्ला संगठन कमिटीका अध्यक्ष बाबुराम कार्कीले पार्टीको ‘ मिसन ८४ ‘ को लक्ष्य पूरा गर्न सम्पूर्ण पार्टी एकजुट भएर लाग्नु पर्ने धारणा व्यक्त गर्नु भएको थियो । 

महानगर कमिटीका अध्यक्ष कोइरालाले कमिटीको प्रथम बैठकको निर्णय अनुसार शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरिएको बताउँदै चाडपर्व लगतै कमिटीले बैठकबसी माथिल्लो कमिटीका नेताहरुले दिनु भएको सल्लाह-सुझाव र निर्देशन अनुसार पार्टीले कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनु भयो।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]