ट्राफिक व्यवस्थापनको कार्य सुरु।

Logo
प्रकाशित मंगलबार, आश्विन ०८, २०८१

ट्राफिकप्रहरीनिरीक्षक राजनलम्सालले  नेपालीहरूको महान चार्ड पर्व लक्षित गरेर विराटनगरको सडकलाई व्यवस्थित बनाउने गरी काम गरीरहेकाे बताए ।
मोरङ ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको २ साता पछि सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरेर
लम्सालले कार्यभार सम्हालेको एक साता भित्र मोरङ ट्राफिक प्रहरी कार्यालय विराटनगरको ट्राफिक चौकबाट मुनालपथ स्थित भाडाको घरमा सरेका छन् । पत्रकार सम्मेलनमा लम्सालले भने विराटनगरमा सिटी सफारीको व्यवस्थापनमा ठुलो समस्याको रुपमा देखिएको छ। सिटी सफारी चलाउने चालकले नत सिटी सफारीलाई दर्ता गराउँछन् नत नवीकरण नै गराउँछन् । लाइसेन्स लिनेको संख्या पनि शुन्य रहेकाे छ ।
ट्राफिक व्यवस्थापन सम्बन्धी कुनै किसिमको जानकारी नभएको कारण जथाभावी बाटो काट्ने, पार्किङ नगर्नेदेखि मुख्य सडक मार्गको बिच सडकमै रोकेर यात्रु उठाउँदा दुर्घटना हुने र अन्य सवारी साधन मार्कामा परिरहेको बताए । सिटी सफारीको संख्या संकलनको काम भइरहेको छ । र स्थानीय सरकार विराटनगर महानगरपालिका सँग सहकार्य गरेर सिटी सफारीलाई व्यवस्थित बनाउने गरी काम भइरहेको लम्सालले बताए ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]