विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिर परिसरबाट राधाकृष्णको युगल जोडीसहितको रथ निकालिएको छ। ऐतिहासिक राधाकृष्णको ५६ औ रथयात्रा निकालिएको हाे। विराटनगर – १ राधाकृष्ण मन्दिरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरे पछि निकलिएकाे हाे । पूजा अर्चना हुनुका साथै हरेक वर्ष विभिन्न धार्मिक महोत्सव खास गरी, जनैपूर्णिमा, झुलन पर्व, श्री कृष्ण जन्माष्टमी, ऐतिहासिक रथ यात्रा, राधा अष्टमी, वामन जयन्ती, महाशिवरात्री मनाइदै आएको छ । जस मध्ये ऐतिहासिक रथ यात्रा यस मन्दिरको मात्र नभएर पूर्वाञ्चल बासी यसमा पनि विराटनगर वासीको गौरवमय धार्मिक पहिचान एवम् धार्मिक धरोहरको रूपमा स्थापित भएकाे छ । यो रथ यात्रा एसिया महादेशकै सवैभन्दा ठूलो जगन्नाथपूरी पछिको दोस्रो ठूलो रथयात्राको रूपमा चिनिने गर्दछ । रथ यात्रा आममानिसको आध्यात्मिक चेतनाको अभिवृद्धि, विश्ववन्धुत्वको भावना, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भाभावको प्रतिकको रूपमा स्थापित भएको छ । मन्दिर स्थापना वि.सं. १९८८ साल देखि यूगल जोडी भगवान श्रीराधाकृष्ण आरूढ ’खट’ यात्रावाट प्रारम्भ भएको ऐतिहासिक यात्रा वि.सं. २०२५ सालबाट स्वर्गीय वृ.ज. भूपालमान सिंह कार्की एवम् स्व. सत्यनारायण धनावतद्वारा भव्य एवम् विशाल रथको निर्माण गरी निरन्तर रथयात्रा महोत्सव सञ्चालन हुँदै आएको छ ।