

विराटनगर । नेत्रहीन युवा संघ मोरङले विराटनगरमा पत्रकार सम्मेलन गर्दै राजनीतिमा अपाङता भएका व्यक्तिकाे आरक्षणको गर्न माग गरेको छ । संघले नेत्रहीनहरुको राजनीतिकदलमा सहभागिता प्रतिनिधित्व हुनुपर्ने माग राखेको हो ।
नेत्रहीन समूहले आफूहरूलाई राजनीतिको मुख्यधारमा समावेश गर्न संविधान संशोधनको माग गरेको हो ।
उनले अपांगता भएका व्यक्तिहरूले पनि आफूले रोजेको व्यक्तिलाई निर्वाचनमा मत दिन पाउनुपर्ने र प्रत्यक्ष निर्वाचनमा सहभागी हुन पाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रम अधिकृत जीवन आचार्यले प्रतिनिधिसभा निर्वाचनमा सबैको कोटा हुने तर अपांगता भएका व्यक्तिहरूको किन नहुने भन्ने प्रश्न उठाए । आचार्यले सदनमा हुने बैठकमा पनि अपांगता भएका व्यक्तिहरूले बुझ्ने सांकेतिक भाषाको प्रयोग गर्नुपर्ने माग राखेका थिए। महिलाको अधिकारका लागि ३३ प्रतिशत र मधेसी लगाय सबैलाई हिसाबले व्यवस्था गरिएको भए पनि नेत्रहीनहरूको राजनीतिक सहभागिता शून्य रहेको उनले बताए ।
आचार्यले सदनमा हुने बैठकमा पनि अपांगता भएका व्यक्तिहरूले बुझ्ने सांकेतिक भाषाको प्रयोग गर्नुपर्ने माग राखदै आयाेजि पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको छ।