प्रतिवेदन सार्वजनिक तथा लघुवित्तको समसामयिक विषयमा छलफल कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेसका नेता डा० शेखर कोईरालाले लघुवित्त वित्तीय संस्थाको सेवालाई अझ प्रभावकारी बनाउन आग्रह गरेकाथिए। ६० लाख महिलासँग जोडिएको लघुवित्तको सेवालाई अझ प्रभावकारी बनाउनुपर्ने मा जाेडदिनु भएकाेछ । ‘ आज काे अवस्थामा लघुवित्त नभएको भए ती ६० लाख मानिसहरू के गर्थे, कसरी बस्थे लघुवित्त यो देशमा चाहिन्छ, भन्ने मान्यता राखेर अगाडि बढ्नुपर्छ ।’बैंकमा पहुँच नपुगेका गरिब तथा विपन्नको पहुँच लघुवित्तमा रहेको बताउँदै कमीकमजोरी सुधार गरेर अघिबढन। ‘गरिब भन्दा गरिब व्यक्तिहरूले यसमा पहुँच र त्यसलाई अझ बढी प्रभावकारी बनाउनु पर्ने उनकाे भनाइ रहेकाे छ ।’उनले उद्यमशीलता विकासका लागि लघुवित्तले विना धितो प्रवाह गर्ने ऋणलाई बढाउनुपर्ने ‘धितो नलिएर पनि ऋण लगानी गरिरहनु पर्ने, त्यसको मेकानिजम तपाईँहरूले नै बनाएर गर्ने हो,’उनले भने,‘ ऋणसँगै सीप लघुवित्तले पनि दिनुभएको छ।, ।’ उनले उद्यमशीलता विकाससँगै बजारको व्यवस्थापनमा पनि सहजीकरण गरिदिन आग्रह गर्नु भ । मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले विपन्न परिवारकाे घरसम्म पुगेर काम गरिरहेको लघुवित्तलाई केहितत्व वा समूहले गलत सावित गर्न खोजिरहेको बताउदै । लघुवित्तले उद्यमशीलताको विकाससँगै रोजगारीको अवसर पनि प्रदान गरिरहेको बताउँदै उनले लघुवित्तको संरटक्षण गर्नुपर्ने बताए । ।कोशी प्रदेश सांसद गयानन्द मण्डलले लघुवित्तलाई प्रभावकारी बनाउन राष्ट्र बैंकले लघुवित्त संस्थालाई कम व्याजदरमा ऋण दिएर ग्राहक सदस्यलाई कम व्याजमा लगानी गर्ने बनाउनु पर्ने बताए । साथै लघुवित्त संस्थाले कृषि क्षत्रमा लगानीमा जोड दिनुपर्ने जिकिर गरेका थिए।