जसपाले मनाए भव्य रूपमा बलिदानी दिवस

Logo
प्रकाशित शनिबार, माघ ०६, २०८०

विराटनगर आज माघ ५ गते जनता समाजवादी पार्टी नेपाले १७औं बलिदानी दिवस भव्य रूपमा मनाएकाे छ। बिराटनगर महानगर समिति द्वारा आयोजित सम्मान कार्यक्रममा महानगर समिति अध्यक्ष अमरेन्द्र यादव को अध्यक्षतामा श्रद्धाञ्जली सभा सम्पन्न भएकाे छ।

मधेश जनविद्रोहमा ज्यान गुमाएका सहिदकाे सम्मान गरेकाथिए। माेरङमा ६२-६३काे मधेश जनविद्रोहमा ९ जनाकाे ज्यान गुमाई सहिद भएकाेथियाे।

विराटनगर रानी भन्सार काे २नम्बर गेटमा कार्यक्रम काे आयाेजनामा गरीएकाेे थियो । आयाेजित कार्यकमा राजनीति समिति सदस्य एवं पूर्व मन्त्री काे प्रमुख आतिथि जयराम यादवले शहिद बेचन मियाँको श्रद्धाञ्जली सभामा बाेलदे नेता यादवले मधेश आन्दोलनबाट प्रप्त उपलवधिहरूलाई संस्थागत गर्दे बांकी रहेका अधिकार काेलागि संघर्ष गरिरहेकाे वताए । मुस्ताक मियाँको विशिष्ट आतिथी, पार्टीका केन्द्रिय सदस्यहरु संजय सिंह, भोगेन्द्र यादव, सदिना सेख, कुन्ता राई, अन्जु खड्का, प्रदेश सचिव अनिल ठाकुर, कोषाध्यक्ष विनिता सिंह, जिल्ला अध्यक्ष राजकुमार यादव, कार्यवाहक अध्यक्ष मन्तलाल यादव, सहसचिव दिनेश साह, जहदा गा.पा. पूर्व अध्यक्ष कैलाश मण्डल, पूर्व उपाध्यक्ष सालोदेवी साह, जिल्ला सदस्यहरु दिनेश यादव , हरि नारायण शाह,वडा नं १७ का अध्यक्ष समिम कमर, वडा नं १२ का अध्यक्ष हिरालाल

कामत लगायत वडा सदस्यहरु, महानगर समितिका पदाधिकारी तथा सदस्यहरु, महानगर समितिकासचिव रामचन्द्र यादव, सहसचिव बिकास मण्ड कोषाध्यक्ष रुस्तम अलि तथा सदस्य फर्मुद आलमलगायतका नेता तथा कार्य कर्ताहरूकाे उपस्थित रहेका थिए। महानगर समितिले नगद सहित सम्मान गरिएकाे हाे। महानगर समितिका सहसचिव बिकास मण्ड, कोषाध्यक रूस्तम अलि त्यसेगरी जसपकाे भतृ संगठन स्वास्थ्यकर्मी फाेरम माेरङकाे सहयाेगमा र मधेशी स्वास्थ्यकर्मी फाेरम नेपाल काेशी अस्पताल ईकाई समितिकाे आयाेजनामा विराटेशवर वृद्धा आश्रम खाध्यान ,तथा वृद्ध वृद्धाहरूकाे स्वास्थ्य परिक्षण गरेका थिए। उनिहरूलाई निशुल्करूपमा ओेैषधी वितरण गरेका थिए।साे कार्यक्रममा स्वास्थ्यकर्मी फाेरका महासचिव कृष्ण लाल यादव,स्वास्थ्यकर्मी फाेरमका पुर्व जिल्ला अध्यक्ष राजकुमार दास,स्वस्थ्यकर्मी फाेरमका जिल्ला पप्पु यादव, स्वस्थ्यकर्मी उमेश यादव, प्रत्येक बर्ष बलिदानि दिवस काे शुभअवसर पारेर विविध कार्यक्रम गर्दे आएकाे स्वास्थ्यकर्मी ले जनाएकाे छ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]