विराटनगर स्थितरहेकाे“मेट्रो न्युरो अस्पताल”ले आफ्नो संस्थाको धबदनामी गरिएको भन्दै कारबाहीको माग गरेका छन्र । संस्थाको बदनामीमा सम्लग्नहरुलाई कारबाही हुनुपर्ने अडान अस्पतालले गरेको छ । मरेको व्यक्ति जीवित भेटियो भन्ने शीर्षकमा आएका समाचारहरुमा सत्यता नभएको जीकिर अस्पतालको छ । अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरेर समाचारको खण्डन गरेको छ।
अस्पतालले गलत समाचार सम्प्रेषण गर्ने सञ्चार माध्यमका विरुद्ध न्यायलय जाने चेतावनी दिएका छन । यो समाचार सामाजिक सन्जालमा भाइरल भएपछि । समाचारका कारण आफुहरुले स्थापनाको केही समय नवित्दै समस्या भोग्नुपरेको भन्दै अस्पतालका कार्यकारी निर्देशक सन्तोष मेहताकाे आपतिरहेकाे छ ।
मेहत्ताले सुनसरीको इनरुवा नगरपालिका–३ का प्रताप सदा मंसिर २३ गते शनिबार उपचारका लागि अस्पतालमा भर्ना भएको र मंसिर २४ गते आइतबार उपचार गर्न नसकेर जीवित व्यक्ति घर फर्केको बताए । सञ्चार माध्यमले विराटनगरको मेट्रो न्युरो अस्पतालले मृत घोषणा गरेको सुनसरी इनरुवाका सदा जीवित भेटियो भन्ने शीर्षकमा समाचार प्रकाशन गरेर अस्पतालको बदनाम गर्ने प्रयास गरेको उनको भनाइ थियो ।