विराटनगर ।मोरङ व्यापार संघले पुस ६ गतेदेखि विराटनगरमा मोरङ व्यापार संघ एक्सपो २०८० को आयोजना गरिनेभएकाे छ । संघले एक्सपोको आयोजना गर्न लागेको हो । सोमबार पत्रकार सम्मेलन गरी यस्ताे बताउनुभयो ।
२०८० साल पुस ६ देखि १६ गतेसम्म विराट नर्सिङ होम पूर्व शंकरपुर काे खाली मैदानमा संघकै नामबाट एक्सपोको आयोजना गर्न लागेको जानकारी गराएका छन्।
विगतका वर्षहरू झे यश वर्ष पनि संघले एक्स्पाे२०२३कृषि, पर्यटज तथा ओैधाेगिक प्रदर्शनीकाे आयाेजना गर्न लागिएको हाे।
संघले यस वर्ष औधोगिक उत्पादनको प्रायोजनलाई खासै महत्व नदिई संघकै नामबाट एक्सपोको आयोजना गर्ने तयारी गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले एक्सपोलाई भव्य रुपमा सम्पन्न गर्न उनले बताए संघका उपाध्यक्ष तथा व्यपार संघदएकस्पाे २०२३काे संयोजकमा अनिल साह रहेका छन्
उत्त एक्स्पाेमा २५०ओटा स्टल मार्फत कला-संस्कृति, पर्यटन ,शिक्षा ,स्वास्थ्य , कृषि जन्य तथा विभिन्न उत्पादित वस्तुहरूकाे अवलाेकन तथा साँस्कृतिक मार्फत मनाेरञ्जन काे लाभ लिन सकिन्छ ।
संघका अध्यक्ष रिजालले एक्सपोमा १५ करोड भन्दा बढी रकमकाे कारोबार हुने छ।भने ४ लाख भन्दा बढी दर्शकलेहरूले एक्सपोको अवलोकन गर्ने आयाेजक समितिले जनाएकाे छ ।
एक्सपो सम्पन्न गर्न साढे ३ करोड भन्दा बढि रुपैयाँ खर्च हुने अध्यक्ष रिजालले बताए । पत्रकार सम्मेलनमा संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडा, बरिष्ठ उपाध्यक्ष अनुपम राठी, उपाध्यक्ष विकाश बेग्वानी, महासचिव अनिल सारडा लगायतका उपस्थिति रहेका थिए ।