विराटनगर भदौ २९जनता समाजवादी पार्टी नेपाल कोशी प्रदेश समितिका उपाध्यक्ष तथा मोरङ जिल्ला अध्यक्ष राजकुमार यादव माथि विराटनगर महानगरपालिकाका नगर रक्षकले दुर्व्यवहार गरेको विषयलाई लिएर आन्दोलित बनेको छ। जनता समाजवादी पार्टी नेपालका पदाधिकारी विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाकै पहलमा शुक्रबार वार्तामा सहभागि भएका थिए मेयर कोइरालाकै अध्यक्षतामा शुक्रबार वार्ता बैठक सुरुभए लगत्तै जनता समाजवादी पार्टी नेपालका पदाधिकारी र विराटनगर महानगरपालिकाका नगर रक्षक बिच घटनाको विषयलाई लिएर आरोप प्रत्यारोप लगाउँदै चर्काचर्की भएपछि वार्ता स्थगित भएको हाे । आईतबार बस्ने गरी बैठक स्थगित भएको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जनाएको छ । वार्ता बैठकमा महानगरपालिका मेयर नागेश कोइराला, जनता समाजवादी पार्टी नेपाल विराटनगर महानगर समितिका उपाध्यक्ष मो. नसरुल, विराटनगर महानगरपालिकाका नगर रक्षक विभाग प्रमुख प्रहरी निरीक्षक राजन पौडेल, वडा प्रहरी कार्यालय विराटनगरका प्रमुख डीएसपी विजय श्रेष्ठ सहित सशस्त्र प्रहरीका पदाधिकारी, नगर रक्षक र जसपा नेपालका नेता तथा कार्यकर्ताहरू सहभागि थिए ।विराटनगर महानगरपालिका अगाडि आयोजित विरोध सभा कार्यक्रममा जसपा नेपालका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री जयराम यादव, जसपा नेपाल विराटनगर महानगर समितिका उपाध्यक्ष मो. नसरुल काे अध्यक्ष तामा सदिना खातुन, राकेश राेशन यादव,विकास मन्डल ,रूसतम अलि, कुन्ता राई,सुशिल यादव , लगायत नेताहरू वार्तामा सहभागी भएका थिए , जसपा नेपाल जहदा गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष अनिल ठाकुर, लोसपा नेपाल मोरङ जिल्ला अध्यक्ष मो. कादिर र सामाजिक अभियन्ता सलिम अंसारीले घटनामा संलग्न नगर रक्षकलाई कारवाही नगरेसम्म निरन्तर आन्दोलन जारी रहने बताएका छन्। विराेध सभामा प्रदर्शनकारीहरूले मेयर काेइरालाकाे राजिनामा माग गर्दै वराेध गरेकाथिए।