मुकेश यादव विराटनगर–१ स्थित राधाकृष्ण मन्दिर परिसरमा भगवान राधा र कृष्णको प्रतिमालाई रथमा आरुढ गराएर विशेष पूजा र दर्शन गरेपछि रथयात्रा सुरु भएको थियो ।
दक्षिण एसियाको दोस्रो ठूलो मानिने रथयात्रा राधाकृष्ण मन्दिरबाट सुरु भई मेनरोड हुँदै ट्राफिकचोकबाट रोडशेषचोक , महेन्द्र चोकदेखि, मुनाल पथ,बरगाछी , हुँदै, पुनः मन्दिर परिसरसम्म ९ किलोमिटर दुरीरहेकाे थियाे। आइपुग्ने आयोजक समितिका संयोजक कैलाश रेग्मीले बताएका छन् । ‘भक्तजनहरूका लागि रथयात्राको दर्शन र वैदिक मन्त्रसहितको पूजाका लागि ४३ ठाउँमा विश्राम दिने व्यवस्था मिलाएका थिए उनले भने, ‘रथयात्रामा नेपाल र भारतका गरी ५ लाखभन्दा बढी भक्तजनहरूकाे सहभागी रहेका थिए ।प्रत्यक्ष अवलोकन, दर्शन र पूजापाठ गरेका हुन् ।
’१९८८ सालमा राधारकृष्ण मन्दिरको स्थापना भएपछि खट यात्राबाट सुरु भएर २०२५ सालदेखि रथयात्राको निर्माण गरि कृष्णजन्माष्टमीको भोली पल्ट राधाकृष्णको प्रतिमा राखेर रथयात्रा निकाल्ने परम्परा रहेकाे छ ।