माेर्चा कसैको विरूद्धमा छैन, कोही नतर्सिन आग्रह : अध्यक्ष यादव

Logo
प्रकाशित सोमबार, आषाढ ०४, २०८०

असार ४गते। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले यो मोर्चा कसैकाे विरूद्ध नभएको बताएउनुभएकाे छ।

सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित समाजवादी मोर्चा घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यो मोर्चा कोहीविरूद्ध नभएको बताएका हुन्।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै यस मोर्चाबाट नतर्सिन पनि आग्रह गर्नुभएकाे छ।

यो मोर्चा कसैको विरूद्धमा लक्षित छैन, त्यसैले कोही नतर्सिए हुन्छ। केही साथीहरू घोषणा हुनुअघि नै मिडियामा बरबराइसके। नबरबराउन म अनुरोध गर्न चाहन्छु, उनले भने। हामी देशको, जनताको हितको लागि, मुलुकको अग्रगमन, परिवर्तनको लागि सहकार्य, परस्पर सहयोगका आधारमा अगाडि बढ्छौं,उनले भने, तर प्रतिगमनकारी शक्तिहरू जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई,विगतका आन्दोलन, बलिदान र संघर्षका आन्दोलनलाई समाप्त पार्ने खेल खेलेका छन्, त्यसविरूद्ध निश्चित रूपमा यो मोर्चा उभिनेछ। आवश्यक परे संघर्ष पनि गर्नेछ।’त्यसैका लागि समाजवादी मोर्चा घोषणा भएकाे हाे।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]