विराटनगर ।बैशाख २६ मंगलवार , आज सत्तारूढ जनता समाजवादी पार्टी नेपाल(जसपा)ले प्रदेश नम्बर १ स्तरीय पुनः नामाङ्कन संघर्ष समिति बनाएको छ । जसपा माेरङका जिल्ला अध्यक्ष राज कुमार यादवकाे संयोजकत्वमा संघर्ष समिति गठन गरेकाे छ। साे समितिकाे सचिवमा दिनेश साह रहेका छन। भातृ तथा मातृ, पेशाकर्मी महासंघ,जनवर्गीय संगठन ,का अध्यक्षहरू संघर्ष समितिका सदस्य रहेका छन। मधेश प्रदेश समितिका अध्यक्ष तथा पुर्व स्वास्थ्य मन्त्री बैठकका प्रमुख अतिथी जयराम यादव , काेशी प्रदेश नामकरण सामर्थ्य र पहिचानकाे आधार मा हुनुपर्ने बताउनु भएकाे छ। जाेगिलाल यादव ,मधेश माेरङ उप अध्यक्ष महेश्वर यादवकाे अध्यक्षतामा सम्पन्न भएकाे छ। उक्त बैठकमा कुन्ता राई , अनिल कुमार ठाकुर ,महिला फाेरमका सदिना खातुन जहदा गाउँ पालिकाका पुर्व अध्यक्ष केलाश प्रसाद मन्डल , समाजवादी ट्रेडयुनियन का प्रदेश अध्यक्ष माे नसरूल,समाजवादी युवा फाेरमका जिल्ला अध्यक्ष सुशील यादव, लगायतका नेता तथा कार्यकर्ता काे उपस्थिति रहेका थिए। सघंर्ष समितिले सर्कुलरजारी गरेमा बनेका सबै तहका संघर्ष समितिले शसक्त रूपमा आन्दोलनमा सहभागिता जनाउने वताउनु भयाे।
यस अघि मोरङको पुर्वी वटा८ वडा पालिकालाई समेटेर उतरी बेल्ट आर्कस्तरीय संघर्ष समिति बनाएको हो । समितिको संयोजकमा देउमान लिम्बू र सदस्य सचिबमा मातृका धिमाल रहेका छन। प्रदेशस्तरीय संघर्ष समितिको संयोजकत्वमा लोक सागर साम्बाले प्रदेश, जिल्ला, पालिका, वडा तह सम्म संघर्ष समिति बनाउने पार्टीको अभियान रहेको जनाए थिए।