शान्तिवनको विज्ञान प्रदर्शनी मेला सम्पन्न, १२ उत्कृष्ट विद्यालयलाई सम्मानित गर्ने

Logo
प्रकाशित सोमबार, बैशाख ११, २०८०

सुनसरी / बर्जु गाउँपालिका – ५ स्थित एभरेस्ट साईन्स सेन्टर नेपाल, शन्तिवन मा आयोजित ४ दिने विज्ञान प्रदर्शनी मेला सम्पन्न भएको छ।

विज्ञान शिक्षक समाज नेपालको सहयोगमा सञ्चालन गरेकाे विज्ञान प्रदर्शनी मेलामा नेपाल भरीको ७ वटै प्रदेशको ७७ वटै जिल्ला बाट प्रदर्शनीमा सहभागी भएको १२ वटा विद्यालयलाई उत्कृष्ट प्रदर्शनी गरेको भनी साईन्स सेन्टर र विज्ञान शिक्षक समाज नेपालको ले सम्मानित गर्ने निर्णय गरेकाे छ ।

नाशा को वरिष्ट अन्तरिक्ष वैज्ञानिक एलिजाबेथ सेरेडन ले अन्तरिक्ष को बारे मा लाइभ भिडियो प्रस्तुती गरिएको थियो । जसमा नासा बाट अन्तरिक्ष को बारेमा प्रस्तुति गर्नु भये को थियो भने १० जना भन्दा बडि विद्यार्थी हरुलेअन्तरिक्ष को बारेमा सोझै जिज्ञासा र प्रश्न सोधेका थिए । ७ प्रदेश का स्कुलका विद्यार्थी शिक्षकहरुको सहभागीता रहेको थिये ।
कार्यक्रममा उत्कृष्ट प्रदर्शनी गर्ने १२ विद्यालयहरू मध्ये कोशी प्रदेश बाट ४ विद्यालय श्री आदर्श मा. वि., फिक्कल मा.वि., सत्यनारायण मा.वि. र त्रियुगा मोडेल स्कूल उदयपूर तथा अन्य प्रदेशहरु बागमतीबाट नवोदय शिशु सदन र मकवानपूर, पद्मकन्या विद्याश्रम काठमाण्डौं, गण्डकीबाट गण्डकी बोर्डिङ, मधेशबाट जनज्योती मा.वि. रौतहट, सुदूरपश्चिमबाट शारदा मा. वि. कैलाली, कर्णालीबाट अमरज्योती मा. वि. सुर्खेत र लुम्बिनी प्रदेशबाट माण्डवी मा.वि., प्यूठान र जनज्योती मा. वि. दाङ्गलाई सम्मानित गर्ने निर्णय गरेको थियो ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]