अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

Logo
प्रकाशित शुक्रबार, बैशाख ०१, २०८०

३० चैत्र, बिराटनगर
काेशी ,प्रदेश स्वास्थ्य मन्त्रालय को सचिब डा,सुधा देबकोटा को अध्यक्षतामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएकाे छ।
उक्त कार्यक्रमका प्रमुख अतिथी तथा यस प्रदेशका स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूले मन्त्रालयको कामकाजमा हुने ढिलासुस्ती को अन्त्य गर्नुपर्ने,प्रत्येक अस्पतालले प्रन्ध्र दिन भित्र सरसफाई,फाेहरमेला व्यवस्थापन मा अत्यन्तै ध्यान दिनुपर्ने, सबै अस्पतालमा ई, हाजिरी गर्नुपर्ने, आङखस्ने समस्या को समाधानको लागि आङखस्ने महिलाहरूको छनाेट गरी सबै अस्पतालहरूमा शिबिर संचालन गर्नुपर्ने निर्देशन दिनुभएको छ। मन्त्री लिम्बूले निजी अस्पताल भन्दा सरकारी अस्पतालमा प्रभावकारी रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु पर्नेमा जाेड दिनुभयो। मन्त्री लिम्बूले स्वास्थ्य मन्त्रालयकाे जिम्मेवारी पाएपछि यस मन्त्रालय काे मातहतमा रहेकाे विभिन्न अस्पतालहरूकाे अनुगमन तथा निरिक्षण गर्दै आउनुभएको छ।साथै कार्यक्रमा उपस्थित सबैमा नव वर्ष २०८०सालकाे शुभकामना तथा प्रदेश वासीको नाममा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नु भएकाे छ। साे कार्यक्रममा प्रमुखहरु, यस प्रदेशका स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल,प्रदेश प्रयोगशाला प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र,प्रदेश तालिम केन्द्र तथा स्वास्थ्य निर्देशनालयका प्रमुख तथा निर्देशक समग्र प्रदेशको स्वास्थ्य सेवा र स्वास्थ्य संस्थाहरुको अवस्थामा सुधार ल्याउनका निम्ति अन्तर्क्रिया,तथा छलफल कार्यक्रममा ताेकिएकाे समय सिमा भित्र तोकिएका कार्यहरू देखिने गरी सुधार गर्नका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रम काे आयाेजना गरिएकाे थियाे। निर्देशक,तालिम केन्द्रका प्रमुख,प्रदेश स्वास्थ्य आपूर्तिका प्रमुख, जिल्ला अस्पतालका मे.सु.हरुसङ्ग हालसम्म भएगरेका कार्यहरूकाे प्रगती विवरण, भौतिक तथा बित्तिय प्रगती प्रतिशत लगायतका बिषयमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको हाे ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]