सुरक्षित गर्भपतन प्रशिक्षक प्रशिक्षण तालिम सुरू

Logo
प्रकाशित मंगलबार, चैत्र २८, २०७९

विराटनगर चैत्र २८ गते कोशी प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा विराटनगरमा आयोजित तीन दिने सुरक्षित गर्भपतन सम्वन्धी मूल्य मान्यता र व्यवहार रुपान्तरण सम्वन्धी प्रशिक्षक प्रशिक्षण तालिम विराटनगर मा भईरहेकाे छ। सुरक्षित गर्भपतन अपराध होइन अधिकार भएको सहभागीहरुले बताउनु भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा यस प्रदेश सरकारका स्वास्थ्य मन्त्री निर्मला तावा लिम्वुले सरकारले माध्यमिकतहकाे विद्यालयमा स्टाफ नर्स राख्नुको मुख्य कारण छात्रालाईहरुलाई असुरक्षित गर्भपतन रोक्न पर्नेमा जाेड दिनुभयो ।
चेतनावृद्धि गर्नुका साथै साे अवस्था सिर्जना हुन नदिनकाे लागि वहाँले समाजमा गर्भवती महिलामा छोरी रहेको भ्रुण हत्या रोक्न सामाजिक कार्यकर्ताहरुलाई जनचेतना जगाउने कार्यमा सक्रिय रुपमा लाग्नु पर्ने बताउनुभयो।
स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेत तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा विवेकलाल कर्णले कार्यपत्र प्रस्तुत गर्दै समाजमा अवैध यौन सम्बन्धबाट हुने गर्भवती युवती तथा महिलालाई लगाइने विभिन्न आरोप र जनचेतनाको कमीले गरिने असुरक्षित गर्भपतनको वृद्धिलाई रोक्न स्वास्थ्यकर्मीहरुले महत्वपूर्ण भूमिका खेल्नु पर्ने वताए ।
मुलुकमा विगत २० बर्षको अवधिमा १९ प्रतिशत महिलालाई सुरक्षित गर्भपतन सेवा दिन स्वास्थ्यकर्मीहरु सक्षम भएको जानकारी गराएका थिए। साे प्रशिक्षक प्रशिक्षण तालिम तीन दिन सम्म चलने आयाेजकले जनएकाे छ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]