गजल

Logo
प्रकाशित बिहिबार, चैत्र २३, २०७९

भुपाल घिमिरे- विकासे भाषण, स्वार्थी जलप कालोधनले चल्छ राजनीति
पाइन, पैसा, पावरले सोझाकै पसिनामा फल्छ। राजनीति चुनावमा असम्भव केही हुन्न, सबै जनता चिन्छन् नेताजी
जिते बिर्सिन्छन्, हारे कुर्लिन्छन्, प्रतिशोध सँगै जल्छ राजनीति।

सिउँदो पखालियो, काख रित्याइयो तर माला लाउँछन् उनै
विकासको नाममा कमिन्छ दाम निरीह नै छल्छ राजनीतिसुन्दर खोलको कालो खेला, बाघ ती नेता बाख्रै जनता झोले
युग बित्छ, नरसंहार भै अशान्त सत्तामै ढल्छ राजनीति

विकसितमा आत्मघाती, अविकसितमा विकासे रन्को चल्दा
युधिष्ठिर हारमा धृतराष्ट्र, हिटलरले गल्छ राजनीति।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]