विराटनगर चैत्र १४ गते कोशी प्रदेश नामाकरण विरुद्ध आन्दोलनरत पहिचानवादी पक्षधर र प्रहरी बिच मंगलबार विराटनगरमा दोहोरो भिडन्त भएको छ । दोहोरो भिडन्तमा दुवै पक्षबाट १ दर्जनभन्दा बढि काे सख्यामा घाइते भएका छन् । विराटनगर स्थित बिग होटलमा सांसदहरु एक कार्यक्रममा सहभागि भएको बेला त्यसलाई लक्षित गरेर पहिचानवादी पक्षधरहरू तथा आन्दोलनकारीले गरेको प्रदर्शनलाई दबाउन प्रहरीले बल प्रयोग गर्न खोज्दा दुवै पक्षबिच भिडन्त भएको छ ।आन्दोलन र पहिचानवादी पक्षधर माथि प्रहरीले पानीको फोहोरा, अशु ग्यास र रब्बरको गोली प्रहार गरेका थिए ।भने आन्दोलनरत पहिचानवादी पक्षधरले ढुंगा गुलेली प्रहार गर्दै प्रतिकार गरेका थिए ।सुरक्षाकर्मी र आन्दोलनरत पक्षधर १ दर्जन भन्दा बढिको संख्यामा घाइते भएका छन् । र साेकाे
तथ्याङ्क आउन बाँकी छ । पहिचानवादी पक्षधरले चैत्र ५ गते विराटनगरमा गरेको प्रदर्शनको क्रममा आन्दोलनकारी पदम लिम्बु घाइते भएका थिए । र उनको उपचारकै क्रममा चैत्र १० गते निधन भएको थियो । पदम लिम्बुको मृत्यु पछि पहिचानवादी पक्षधरले आन्दोलनलाई तिब्र रूपमा अगाडि बढाउदे आएकाे छ ।कोशी प्रदेश सरकारले आन्दोलनकारीको मागलाई सम्बोधन गर्न लिम्बुलाई सहिद घोषणा गर्दै ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की अध्यक्षतामा सोमबार बसेको मन्त्री परिषद्को बैठकले लिम्बुको परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको थियो ।