वैशाख ६ देखि ९ गतेसम्म कृषि र औद्योगिक प्रदर्शनी सहितको विज्ञान मेला हुने

Logo
प्रकाशित शनिबार, चैत्र ०४, २०७९

सुनसरीको बर्जु गाउँपालिकामा विज्ञान मेला र औधोगिक तथा कृषि व्यापारी मेला आयोजना हुने भएको छ ।
सो मेलाको कार्यक्रम सँचालन गर्ने सम्बन्धमा शनिवार एक कार्यक्रम बिच सम्झौता भयेको हो ।
मेलाको विज्ञान केन्द्र शान्तिवनका अध्यक्ष डा. दिलीपकुमार अधिकारीले मेला लगाउन टिकेन्द्र श्रेष्ठ , सुमन कटेल लाई औधोगिक तथा कृषि व्यापारी मेला आयोजना गर्ने जिम्मेबारी दिएको छ ।
सो मेलाको कमेटी समेत बनि मेला कमेटिमा अध्यक्ष टिकेन्द्र श्रेष्ठ, उपाध्याक्ष सुमन कटेल र सदस्यमा सुभास शर्मा, बिनित लालवानी तथा प्रचार प्रसार समिती मा भोजराज घिमिरे र सहयोगीमा नरायण चौधरीलाई जिम्मा दिइएको छ ।
विज्ञान विषयमा विद्यार्थीहरूको आकर्षण बढाउने, विद्यालयको विज्ञान शिक्षालाई उन्नयन गर्ने र औधोगिक तथा कृषि ब्यापर ब्याबसयी लाई प्रबर्द्धन गर्ने उद्देश्यका साथ आगामी २०८० बैशाख ६,७,८ र ९ गतेबाट बर्जु-५ शान्तिवनमा विज्ञान मेला र औधोगिक तथा कृषि व्यापारी मेला आयोजना हुने निश्चित भएको हो।
साइन्स टिचर असोसियसन अफ नेपालको संयोजन र एभरेस्ट साइन्स सेन्टर नेपालको सहकार्यमा विज्ञान मेला र औधोगिक तथा कृषि व्यापारीक मेला आयोजना हुने मेला कमेटी का अध्यक्ष टिकेन्द्र श्रेष्ठ ले जानकारी दिनु भयो ।
विज्ञान केन्द्र शान्तिवनका अध्यक्ष डा. दिलीपकुमार अधिकारीले यस मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट हुने जानकारी दिए।
नेपालका ७७ वटै जिल्लाका विज्ञान विषयका २०० भन्दा बढी विद्यालयले आफ्ना स्टल राख्ने अधिकारीको भनाइ रहेकाे छ। मेलामा नासाबाट भिडियो कन्फरेन्स हुने र मेलामा सहभागी भएका विद्यार्थीहरूले विज्ञान प्रविधिका विषयमा अधिक जानकारी पाउने पनि उनले बताए। साथै ठुला देखि साना उद्धधोगी हरुले समेत आफ्ना १०० भन्दा बढी स्टल राखी नेपालका ७७ वटा जिल्लाबाट आयाकहरुलाई आफ्ना उत्पादित बस्तु बिक्रि तथा प्रदशनी गरि आआफ्नो व्यापार गर्ने समेत मेला आयोजक कमेटी का अध्यक्ष श्रेष्ठले बताएका छन् ।

विज्ञान प्रविधि र विज्ञानसँग सम्बद्ध विषयहरूको गहन अध्ययन-अध्यापन हुने बताउँदै उनले प्रदर्शनीमा उत्कृष्ट हुने एक सार्वजनिक र एक निजी विद्यालयलाई एक-एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने जनाए।

मेलामा एउटा स्कुलका दुई विद्यार्थी र एक शिक्षकले सहभागिता जनाउन पाउने र त्यसका लागि तीन हजार रूपैयाँ तिर्नुपर्ने छ। त्यसरी आउने विद्यालयका प्रतिनिधिले खाने र बस्ने सुविधा पाउने आयोजकले जनाएको छ। सहभागी हुने विद्याललाई यातायातको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ।

मेलामा अनुमानित एक लाख भन्दा बडी अवलोकनकर्ताले अवलोकन गर्ने आयोजकको अनुमान छ। मेला हेर्न जाँदा प्रतिव्यक्ति १०० रुपैयाँको टिकट को व्यवस्था रहेको र मेलामा विभिन्न औधोगिक तथा कृषि जन्य बस्तुहरुको बिक्रि तथा प्रदशनीक साथै विभिन्न विभिन्न परिकारका खानाका स्टल रहने र प्रतेयक दिन साँझपख राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति राख्दै सांगीतिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]