जसपाका रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित

Logo
प्रकाशित शुक्रबार, चैत्र ०३, २०७९

नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित हुनुभएको छ ।शुक्रबार भएको निर्वाचनमा यादव ३० हजार ३२८ मतभारसहित एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई हराउँदै उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी लगायत ९ दलीय गठबन्धनमा सहमति नजुटेपछि गठबन्धनबाटै यादव र जनमत पार्टीकी ममता झा गरेर दुईजना उम्मेदवार रहेका थिए । प्रतिपक्षी नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार हुनुहुन्थ्यो । यादवलाई कांग्रेस,माओवादी,समाजवादी,जसपा लगायतका दलको समर्थन रहेको थियो ।
३० हजार ३२८ मतभार ल्याएर यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । यादवले शाक्य र झालाई पछि पारेर निर्वाचित हुनुभएको छ। शाक्यले १६ हजार ३२८ मतभार ल्याउनु भएको थियो भने झाले २ हजार ५३७ मतभार प्राप्त गर्नुभएको छ । बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो । मतदानमा ३११ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गर्नुभएको थियो ।
राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने संवैधानिक व्यवस्था रहेकाे छ ।
नेपालको संविधानमा उपराष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको कार्यकाल हुने उल्लेख छ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]