विराट प्रेस डेकस विराटनगर फाल्नु १६गते न्यूरो अस्पतालले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न रोगका विरामीलाई ५ लाख भन्दाबढि रकम बराबरको निःशुल्क उपचार सेवा प्रदान गर्ने भएकाे छ । अस्पतालका अप्रेशनल डाइरेक्टर राजेश भट्टराईले १ महिनाभरी स्त्री तथा प्रसुति रोगको ओ.पि.डी. सेवालाई निःशुल्क बनाइएको जानकारी गराए । भट्टराईका अनुसार स्त्री तथा प्रसुति रोगको ओ.पि.डी. सेवा अन्तर्गत विभिन्न जाँच शुल्कमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । यस संगै महिलाहरुलाई पाठेघरको मुख सम्बन्धी क्यान्सर जाँच परिक्षणलाई निःशुल्क बनाइएको छ ।
अस्पताल प्रशासनले मंगलबार पत्रकार सम्मेलन गरेर २०७९ फागुन १७ देखि चैत्र १७ गतेसम्म विभिन्न रोगका विरामीलाई उपचार सेवामा छुटको व्यवस्था गरेको जानकारी गराए ।
अस्पताल प्रशासनले फागुन २० गते बेलबारी नगरपालिका वडा नं. ७ अन्तर्गत बाहुनीमा निःशुल्क बृहत स्वास्थ् शिविरको आयोजना गर्ने अस्पतनलले जनाएको छ।
अस्पतालका निर्देशक अनिशा बिष्टको जन्मथलो बाहुनी भएकोले बाहुनीलाई स्वास्थ्य बाहुनी अभियानको थालनी गरेको वताए । पत्रकार सम्मेलनमा न्यूरो सर्जन डा. वाइ बि रोक्का, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. निशा अधिकारी र डा. शैलजा क्षेत्रीको उपस्थित रहेको थियो ।