विराटनगर, माघ १६ गते । नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को आयोजनामा माघ १९ गते देखि शुरु हुने सीएनआई कोशी एक्सपोमा ५० करोडको कारोवार र ५ लाख भन्दा वढी मानिसको सहभागीता हुने आयोजकले दावी गरका छन् ।पाँचवटा पालिकाबाट छनौट भएर आउने घरेलु तथा महिला उद्यमीहरुले कम्तिमा पाँचवटा र बढिमा १० वटासम्म स्टलहरु एक्स्पोमा निःशुल्क रुपमा उपलब्ध गराउने भएको छ। परिसंघका अध्यक्ष भीम घिमिरेले एक्स्पोको अवलोकन गर्न विद्यालय पोशाकमै आउने विद्यार्थीहरुलाई टिकट नलाग्ने व्यवस्था मिलाईएको जानकारी गराए थिए। प्रदेश नं. १ भरीका कलेज तथा स्कुलका विद्यार्थीहरु एक्स्पोको अवलोकन गर्न आउँदा बिहान १० देखि १२ बजेभित्र एक्स्पो स्थलमा प्रवेश गरिसक्नु पर्ने घिमिरेले बताए । पत्रकार सम्मेलनमा परिसंघका मुख्य सल्लाहकार महेश जाजु, परिसंघका उपाध्यक्ष नवलकिशोर काबरा, देवेन्द्र गुप्ता, सुशिल जोशी, दिपक पौडेल, कोषाध्यक्ष गिरिश लुँनिया, मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल लगायत एक्स्पाको प्रवद्धक विभिन्न स्थानिय तहका जनप्रतिनिधि, कर्मचारी, प्रदेश नं. १ सरकारका उच्च तहका कर्मचारीहरुको सहभागिता रहेको थिए।
विराटनगर–१ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुरको खाली मैदानमा माघ १९ देखि २८ गतेसम्म अर्थात १० दिने कोशी एक्स्पोको परिसंघले भव्य आयोजना गर्ने तयारी गरेको छ ।परिसंघका कार्यसमिति सदस्य तथा एक्स्पोका सह–संयोजक गिरीजा सारडाले एक्स्पोमा नेपाल, भारत, पाकिस्तान र बंगलादेशका ३७० भन्दा बढि औधोगिक तथा कृषि प्रर्दशनीको स्टल रहने बताए ।पत्रकार सम्मेलन गरेर विद्यार्थीलाई ५०, सर्वसाधारणलाई १०० र साँझपख सांस्कृतिक कार्यक्रम हेर्न आउनेहरुको हकमा २०० रुपैयाँ टिकर दर कायम गरिएको जानकारी गराए थिए।