विराटनगर माघ १६ गते देशमा शासक वर्ग र शासन सत्ताको पुरानै चरित्र नसचिए जनविद्रोह हुन सकेने जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले चेतावनी दिएका छन् ।
आज सोमबार सहिद दिवसको अवसरमा जसपा अध्यक्ष यादवले आफ्नो फेसबुक पेजमा लामो पोस्ट गर्दै यस्तो चेतावनी दिएका हुन।
नेपालको शासन प्रणाली र संवैधानिक व्यवस्था बमोजिम मन्त्रिपरिषदले शासन व्यवस्थाको निर्देशन, नियन्त्रण र सञ्चालन गर्ने भदैउनले भनेका छन् -‘संबैधानिक परिषदले न्यायाधीश, अख्तियार, महालेखा परीक्षक, निर्वाचन आयोग, मानव अधिकार आयोग, बित्तआयोग, महिला आयोग, समावेशी आयोग आदि संबैधानिक अङ्गहरुमा नियुक्तिकालागी सिफारिस कस्ले रु कहिले सोच्ने ? ‘
जनता चेतनशील, जागृत र संगठित हुँदै गइरहेको उल्लेख गर्दै यादवले देशको अवस्था र शासक जाति, वर्गको चिन्तन र चरित्रमासुधार नआए अर्को भयानक जनबिद्रोह हुन सक्ने भनी लेखेका छन् ।