विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेड मोरङको अध्यक्षमा पत्रकार दिपक दाहाल सर्वसम्मत चयन भएका छन् । विराटनगरमा बुधबार भएको सहकारीको ११ औँ साधारण सभाबाट दाहाल अध्यक्षमा सर्वसम्मत चयन भएकाे छ त्यसेगरी उपाध्यक्षमा महाप्रसाद खतिवडा, सचिवमा विजयहरि खतिवडा र कोषाध्यक्षमा चिना थापा चयन भएका छन् ।यसैगरी, सदस्यहरूमा बाबुराम भण्डारी, शान्ति दाहाल, मुकेश कुमार यादव, राजेश कुमार राजवंशी, भोजराज घिमिरे रहेका छन् ।
यसैगरी लेखा समिति संयोजकमा अविनाश कुमार निधि, सदस्यहरूमा हरि अधिकारी र उत्तम पोखरेल रहेका छन् ।
११ वर्ष अगाडी स्थापना भएको सहकारीमा १ सय २२ जना सेयर सदस्य पुगेका छन् । भने सहकारीमा संचारकर्मीहरू मात्र सेयर सदस्य रहेका छन् ।साधरणसभामा उत्कृष्ट ऋणी र बचनकर्तालाई सम्मान गरिएको हाे। । श्यामसुन्दर सुतिहार, चिना थापा, भोजराज घिमिरेलगायतलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरूलाई प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङ्गले कदर पत्र प्रदान गरि सम्मान गरेका थिए।