अस्पताल स्थापनालेस्वास्थ्य तथा आर्थिक क्षेत्रमा योगदान हुन्छ : प्रदेश प्रमुख खापुङ

Logo
प्रकाशित सोमबार, मंसिर २६, २०७९

विराटनगर-१४ रानीस्थीत हाजी आँखा अस्पतालको समुद्घाटन प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले अस्पताल स्थापनाले मुलुकमा स्वास्थय तथा आर्थिक क्षेत्रमा योगदान हुने बताएका छन् ।


हाजी आँखा अस्पतालले नेपाल तथा भारतको विहार प्रान्तका धेरै सेवाग्राहीहरु लाभाविन्त बन्ने कुराले आफू हर्षित भएको प्रदेश प्रमुखले बताए ।
यस्तै प्रदेश सरकारका स्वास्थ्य मन्त्री जयराम यादवले विराटनगरमा खोलिएका यस्ता अस्पतालको सेवाग्राही भारतमा पनि धेरै भएका तर नोट सटहीको उचित व्यवस्थापन नहुँदा समस्या पर्ने भएकाले यस्ता समस्यालाई सुल्झाउनमा पहल गरिनुपर्ने उनले बताए । नेपाली कग्रेस बाट नवनिर्वाचित प्रदेश सांसद गयानन्द मण्डलले हाजीको धेरै गहिरो अर्थ रहेको वताए। भने यसै नामबाट आँखा अस्पताल खोलिएकोले आफ्नो कर्तव्यमा सदैव तैनाथ रहनुपर्नेमा जोड दिए थिए। ।सञ्चालक तेजलाल कर्ण, महेश रेग्मी, भीमप्रसाद घिमिरे तथा हाजी कादिर अन्सारीले पनि आफ्ना धारणा राखेका थिए ।भने साे अस्पतालले तीन दिन सम्म नि शुल्क सेवा दिने अस्पतालका तेजलाल कर्णले जनाए

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]