प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश नं १ को मोरङ्ग जिल्ला निर्वाचन क्षेत्र नं ५(ख) बाट नेपाली कांग्रेसका प्रभावशाली तथा लोकप्रिय नेता अमृत अर्याल निर्वाचित भएका छन् ।निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका उम्मेदवार जयराम यादवलाई ५२७७ मतान्तरले पराजित गरेका हुन् । पराजित जयराम यादवले १०८२५ मत ल्याएका छन् ।निर्वाचन आयोगका अनुसार प्रदेश सभा निर्वाचन २०७९ अन्तर्गत मोरङ क्षेत्र नं ५(ख) मा नेपाली कांग्रेसका उम्मेदवार अमृत अर्याल १६१०२ मत ल्याई विजयी भएका छन् ।