विराटनगर । मोरङको क्षेत्र नं. ४ (१) प्रदेशसभामा नेकपा एमालेको जयप्रकाश चौधरी निर्वाचित भएका छन् ।
नेपाली काँग्रेसका युवा नेता गुरुराज घिमिरेलाई पराजित गर्दै चौधरी विजयी भएका हुन् ।
घिमिरेलाई ४०७ मतअन्तरले पराजित गरी चौधरी निर्वाचित भएका हुन् । चौधरीले १५ हजार ४६५ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी घिमिरेले १५ हजार ५८ मत ल्याएका छन् ।