विराटनगर । लाइफगार्ड हस्पिटलको विवाद सकिएको छ । अस्पताल प्रशासन र आफन्त बिच सहमति भएपछि विवाद समाधान भएकाे छ। अस्पताल प्रशासन र आफन्त बिच सहमति भएपछि अस्पतालले मृतकका आफन्तलाई काजकिरिया खर्च वापत १ लाख ५० हजार दिएपछि परिवारले शव बुझेका छन् ।मृतकका किरिया खर्च वापत १ लाख ५० हजार दिने सहमातिमा हस्पिटलका प्रशासन प्रमुख निरज श्रेष्ठले जनाए। भने मृतककी श्रीमतीलाई राहत स्वरुप रोजगारी दिने सहमति भएको उनले बताए ।अस्पतालको लापरबाहीका कारण उनको मृत्यु भएको भन्दै आफन्तले अस्पताल अगाडी टायर बालेर प्रदर्शन गरेका थिए । हस्पिटलले भने लापरबाहीका कारण उनको मृत्यु नभएको बताउँदै आएको छ ।बर्जु गाँउपालिका वडा नम्बर १ का २२ वर्षिय धनी उरावको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्त आन्दोलनमा उत्रीएका थिए।