अध्यक्ष ले दिए धाेका गाउँ पालिका मा तालाबन्दी गर्ने शिक्षक महासघकाे दाबी

Logo
प्रकाशित शुक्रबार, पुष १६, २०७८

विराटनगर जहदा गाउँपालिकाको अध्यक्ष कैलाश प्रसाद मण्डलले बारम्बार अश्वासन दिएर माग पुरा नगरी धोका दिएको भन्दै विद्यालयहरुको कर्मचारी र बाल विकासका शिक्षिकाहरुले गाउँपालिकामा तालाबन्दी गर्ने भएको  जानकारी दिदै   पत्रकार सम्मेलनमा नेपाल शिक्षक महासंघ जहदा मोरंगको अध्यक्ष चैतु लाल मण्डलले जनाए काे हाे ।  दिदै विद्यालय कर्मचारी र बालविकास शिक्षिकाहरुले नेपाल शिक्षक महासंघको नेतृत्वमा पुस १६ गते जहदा गाउँपालिकाको प्रांगणमा धर्ना दिने, पुस १८ गते गाउँपालिकाको सम्पूर्णका ठप्प पारी तालाबन्दी गर्ने, माग सम्बोधन नभए पुस १९, २० र २१ गते ३ दिन धर्ना कार्यक्रम गर्ने उनले वताए।  जहदा गाउँपालिका अहिले विवादै विवादको गाउँपालिका भएको छ । यसभन्दा अगाडी भवन निर्माणको टेण्डर विवाद, शिक्षक नियुक्ति विवाद, शिक्षिका माथि हातपात विवाद, किर्ते हस्ताक्षर लगायतको विवाद गर्दै अहिले विद्यालय कर्मचारी र बालविकास शिक्षिकाहरुको विवाद वाहिर आएको छ ।उक्त आन्दोलनका कार्यक्रममा नेपाल शिक्षक महासंघ जहदा, नेपाल शिक्षक संघ जहदा, नेपाल राष्ट्रिय शिक्षक संगठन जहदा, एकिकृत नेपाल शिक्षक संगठन जहदा, समाजवादी शिक्षक फोरम जहदा, नेपाल विद्यालय कर्मचारी परिषद जहदा, नेपाल राहत शिक्षक संगठन जहदा बालविकास स. का जहदा लगायतको समर्थन रहेको छ ।
धेरै जसो विवादमा गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत लगायत शिक्षक नियुक्तिमा चलखेल गरेको शिक्षक माथि पनि अख्तियारमा उजुरी परिसकेको स्रोतको दावी छ ।पत्रकार सम्मेलनमा नेपाल शिक्षक महासंघ जहदा मोरंगको अध्यक्ष चैतु लाल मण्डलले भने २०७८÷०७९ को बजेटमा विद्यालयहरुमा कार्यरत कर्मचारी र बालविकास सहयोगी कार्यकताहरुको तलब भत्तामा बृद्धि भएको सोलाई कार्यन्वयानका लागि पुस्तिकामा समेत प्रस्टरुपमा उल्लेख गरि सम्वन्धीत निकायलाई निर्देशन भई सकेकोले सो अनुरुप गाउँपालिकाको अध्यक्षले कार्यान्वय नगरेको हुँदा गाउँपालिकामा ताला लगाउन रहरलेहाेईन बाध्य भए र कार्यक्रम  वनएकाे वताए।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]