जनता समाजवादी पार्टी निकट युवक संगठन समाजवादी यूवा संघ मोरङको अध्यक्षमा शुशिल यादव निर्वाचित हुनु भएको छ । शनिबार विराटनगरमा सम्पन्न भेलाले यादवको अध्यक्षतामा ८१ सदस्यीय समिति निर्वाचित गरेको हो ।
समाजवादी यूवा संघको उपाध्यक्षमा देवेन्द्रप्रसाद यादव, सचिवमा इन्द्रेश राई, सहसचिवमा नविन मण्डल र कोषाध्यक्षमा शशी राई निर्वाचित हुनुभएको नवनिर्वाचित उपाध्यक्ष देवन्द्र यादवले जानकारी दिनुभयो ।
जिल्ला भेलामा जनता समाजवादी पार्टी केन्द्रीय सदस्य तथा प्रदेश १ सामाजिक विकास मन्त्री जयराम यादव, समाजवादी यूवा संघ केन्द्रीय अध्यक्ष तथा प्रदेश २ का भूमी व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादव, केन्द्रीय सदस्य सञ्जय सिंह, सुरेशसिंह गनगाई, मृत्युन्जय झा, भोगेन्द्र यादव, प्रदेश १ अध्यक्ष प्रविण चाम्लिङ, प्रदेश उपाध्यक्ष तथा मोरङ अध्यक्ष राजकुमार यादव, कार्यकारिणी सदस्य दिनेश साह, पुर्व अध्यक्ष उमेश यादव, विराटनगर महानगर अध्यक्ष अमरेन्द्र यादव लगायतका अन्य नेताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम कार्यकारिणी सदस्य दिनेश साहको अध्यक्षतामा सम्पन्न भएको थथिए शनिबार युवा संघको समायोजनबाट मोरङ जिल्लामा सुशील यादवको अध्यक्षतामा ८१ सदस्यीय र विराटनगरमा मोहम्मद साहिलको अध्यक्षतामा ६५ सदस्यीय कार्यसमिति निर्माण भएको छ ।