विकासका लागि राजनीतिक अपरिहार्य ः मन्त्री यादव

Logo
प्रकाशित मंगलबार, कार्तिक १६, २०७८

  1. विकासका लागि राजनीतिक स्थिरता अपरिहार्य ः मन्त्री यादव
    बिराटनगर, १६ कार्तिक ।
    प्रदेश नम्बर १ का नवनियुक्त सामाजिक विकास मन्त्री जयराम यादवले देश र समाजको विकासका निम्ति राजनीतिक स्थिरता अपरिहार्य भएको बताएका छन् ।
    मंगलबार प्रदेश १ सरकारको समाजिक विकास मन्त्रीको सपथ लिएसँगै पदभार ग्रहण गर्ने क्रममा कर्मचारीहरुलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।
    मुलुकको विकास र समृद्धिका लागि राजनीतिक नेतृत्व र राष्ट्र सेवक कर्मचारीले मिलेर काम गर्नुपर्ने उनको भनाइ थियो ।
    मन्त्री यादवले राष्ट्र सेवक कर्मचारी र जननिर्वाचित प्रतिनिधिहरु बीचको सहकार्यले मात्रै मन्त्रालयले जनअपेक्षा अनुसार काम गर्न सक्ने भन्दै कर्मचारीहरुलाई सहयोग गर्न आह्वान समेत गरे ।
    उनले भने –‘हामी पाँच वर्षका लागि निर्वाचित भएर आएका हौं । तर तपाईं रास्ट्र सेवक कर्मचारीहरु लोकसेवा लगायत विभिन्न आयोगहरु पार गर्दै आउनु भएको छ । तपाई हामीले मिलेर काम गरेको खण्डमा अवश्य पनि जनअपेक्षा अनुसार परिणाम दिन सकिन्छ ।’मन्त्री यादवले वताएकाे हाे।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]