विराटनगरको रानी र भान्सार नाका आजदेखि पूर्णरुपमा खुलेको छ ।
कोभिड १९ महामारी विश्वव्यापी रुपमा फैलिएपछि रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले २०७६ साल बैसाख ११ गतेदेखि पूर्णरुपमा सो नाका बन्द गरेको थियो ।
नेपाल सरकारको असोज ११ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयले नाका खोल्ने निर्णय गरेको भएपनि जिल्ला प्रशासन कार्यालय मोरङले नाका खुला गर्न निर्देशन दिएको थिएन ।
सर्वसाधारणको आवतजावत केही समय अगाडिदेखिनै भइरहेको भएपनि सवारी साधन आवतजावत पूर्णरुपमा बन्द थियो । शनिबारबाट भने सबै प्रकारको आवतजावत खुला भएको छ । नाका खुलेपछि नेपाल र भारतबाट दुइपाङ्ग्रे, चारपाङ्ग्रे साना र ठूला सवारीसाधनहरु आउजाउ गर्न थालेको हाे । सवृसाधारण का का लगि सहज भएकाे छ।