

नेकपा माओवादी केन्द्र विराटनगर महानगर समितिको नयाँ नेतृत्व चयन गरिएको छ। अध्यक्ष पदमा दिनेश राजवंशी (देव) निर्वाचित भएका छन्। साथै उपाध्यक्ष पदमा धर्मलाल माझी, सनोज यादव र चन्द्र वन चयन भएका छन्।
महानगर सचिवमा सोनु केवट, सह–सचिवमा दिनेश कामत र कोषाध्यक्षमा मनिष सोनि चयन भएका छन्।
नव निर्वाचित सम्पूर्ण महानगर सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। नयाँ नेतृत्वबाट संगठन सुदृढीकरण र विराटनगर महानगरभित्र पार्टी गतिविधिहरू थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।