

जनता समाजवादी पार्टी नेपाल जहदा गाउँपालिकाको पहिलो अधिवेशन सम्पन्न, नयाँ समिति चयन
जहदा, मोरङ — जनता समाजवादी पार्टी नेपाल, जहदा गाउँपालिकाको पहिलो गाउँपालिका अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट जगदीश मण्डलको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ।
समितिकाे उपाध्यक्षमा शम्भु यादव र शालो साह , त्यसेगरी सचिवमा आश नारायण राजबंशी , उपसचिव, बिन्दु टुडु राजेन्द्र शर्मा र काेषाअध्यक्षमा विजय कुमार साह , चयन भएका छन्।
अधिवेशनमा जहदा गाउँपालिकाका पूर्व अध्यक्ष केलाश प्रसाद मण्डल, जसपा प्रवक्ता राकेश रोशन यादव, जिल्ला कोषाध्यक्ष विनिता सिंह, उपाध्यक्ष मन्तलाल यादव, जिल्ला अध्यक्ष राजकुमार यादव, जसपा प्रदेश सचिव तथा जहदा गाउँपालिका वडान ३का वडाअध्यक्ष अनिल ठाकुर लगायत नेताहरूको उपस्थिति रहेको थियो।
अधिवेशनको प्रमुख आतिथ्यता पार्टीका केन्द्रीय सदस्य संजय सिंह रहेका थिए। उक्त पार्टीकाे सुनवर्षी नगरपालिका ,र वुढीगंगा गाउँ पालिका लगायत देशभरी वडा, गाउँ नगर जिल्ला अधिवेशन निरन्तर रूपमा भईरहेकाे छ।