

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले शिक्षाक्षेत्रमा सुधार आवश्यक रहेको र आन्दोलनरत शिक्षकका जायज मागहरू वार्तामार्फत सम्बोधन गर्नुपर्ने स्पष्ट पार्नुभएको छ।
आज जारी गरिएको प्रेस विज्ञप्तिमा उहाँले शिक्षासम्बन्धी नीति, योजना, ऐन र कार्यक्रमहरूको समग्र समीक्षा आवश्यक रहेको उल्लेख गर्दै शिक्षा क्षेत्रमा फैलिएको विकृति, विसङ्गति, अराजकता र अन्योलता अन्त्य गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभएको छ।
उहाँले थप भन्नुभयो, “मुलुकको विकास, परिवर्तन र भविष्यको मूल आधार शिक्षा नै हो। त्यसैले सबै नागरिकको गुणस्तरीय शिक्षामा सहज पहुँच सुनिश्चित गर्न सरकार आग्रह गर्नु भएकाे छ।