भन्सार जाँचपाससहज सरल वनाउन सुझा

Logo
प्रकाशित आइतबार, माघ १३, २०८१

भन्सार जाँचपास सम्बन्धी प्रक्रिया थप सहज रसरल बनाउन विराटनगरका उद्योगी व्यवसायीहरुले सरकारलाई सुझाब दिनुभएकाे छ।

७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा विराटनगर भन्सार कार्यालयले विराटनगरमा आइतबार आयोजना गरेको कार्यक्रममा यहाँका उद्योगी व्यवसायीहरुले यस्तो सुझाब दिएका दिनुभएकाे छ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले भन्सारका सबै गतिविधिहरूले उद्योग व्यापारमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले स्वास्थ्य व्यावसायिक वातावरण वनाउन आवश्यक रहेको बताएका छन्।
भन्सार दरहरूको पुनरावलोकन गर्न सकेको खण्डमा उत्पादन क्षेत्रमा वृद्धि भई अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान बढाउन सकिने समेत यस्तो वताउनु भएकाे छ।

७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार कार्यालय परिसरमा आयोजना गरेको कार्यक्रममा नेपाल आयल निगमको कोशी प्रदेश कार्यालयलाई उत्कृष्ट आयात कर्ता र रिलायन्स स्पिनिङ मिल्सलाई उत्कृष्ट निर्यात कर्ता घोषणा गर्दै प्रशंसा पत्र दिएर सम्मान गरेका छन् ।
भन्सार एजेन्ट अरुण खेतानलाई उत्कृष्ट भन्सार एजेन्टको रूपमा सम्मान गरिएको छ । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष एवं संविधान सभा सदस्य पवनकुमार सारडा, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी,
कार्यक्रममा विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकिनन्दन शर्मालाई भन्सार आयात–निर्यातमा उत्कृष्ट भूमिका निर्वाह गरेकोले प्रमाणपत्र दिएर सम्मान गरेका छन् ।

विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालकाे अध्यक्षतामा समापन्न भएका थिए ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]