खेलकुद महासंघ मोरङ काेअध्यक्षमा राय।

Logo
प्रकाशित सोमबार, माघ ०७, २०८१

खेलकुद महासंघ मोरङ अध्यक्षमा राय

विराटनगर \नेपाल खेलकुद महासंघ मोरङ जिल्ला कमिटीको अध्यक्षमा शितल राय निर्वाचित हुनुभएको छ। आज विराटनगर स्थित एमाले पार्टी कार्यालयमा सम्पन्न महासंघको दोस्रो जिल्ला अधिवेशन बाट अध्यक्षमा राय निर्विरोध निर्वाचित हुनुभएको हो।

२९ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा रिक्की रानामगर ( प्रभाकर ) र नविन थापा , सचिवमा सागर केसी , सहसचिवमा इन्दु बाँस्कोटा र मेनका ठाकुर र कोषाध्यक्षमा करुणा दाहाल निर्वाचित हुनुभएको महासंघ स्थायी कमिटी सदस्य रोहित कोइरालाले जानकारी दिनु भयो।

दोस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले महासंघले पछिल्लो समय खेल क्षेत्रलाई गतिशील बनाउन देशैभरि खेलकुद प्रतियोगिताको आयोजन तथा रचनात्मक गतिविधि गरिरहेको बताउनु भएको थियो।

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव समेत रहनु भएको बस्नेतले खेल गति नै खेलाडीको प्रगति भन्ने मूल नारालाई अनुसरण गर्दै महासंघले खेलाडीले खेल खेलेरै जीवनयापन गर्न सक्ने गरि नीति निर्माण गर्न पहल गरिरहेको प्रष्ट पार्नु भएको थियो।

त्यस्तै , अधिवेशनमा बोल्दै नेकपा एमाले स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले खेलकुद महासंघ एमालेको सबै भन्दा सक्रिय जनसंगठन रहेको भन्दै प्रशंसा समेत गर्नु भएको थियो।

कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे , मोरङ अध्यक्ष बाबुराम कार्की लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]