प्रदेश खेलकुद बोर्डमा दर्ता हुने पहिलो संस्था बन्यो कोशी फुटबल संघ

Logo
प्रकाशित शुक्रबार, माघ ०४, २०८१

विराटनगर \कोशी प्रदेश फुटबल संघ खेल संघ तथा खेल संस्थाहरुको दर्ता , नवीकरण , सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मार्गनिर्देशन – २०८१ अन्तर्गत दर्ता हुने पहिलो खेल संघ बनेको छ। आज प्रमाणपत्र प्राप्त गरेसँगै फुटबल संघ कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा पारित मार्गदर्शन अन्तर्गत दर्ता हुने पहिलो खेल संघ बनेको हो।

खेलकुद विकास बोर्डको २४ औं बोर्ड बैठकले पारित गरेको मार्गदर्शन अन्तर्गत दर्ता हुने पहिलो संघ बने संगै फुटबल संघले प्रदेश खेल संघ दर्ता नं १ प्राप्त गरेको छ।

बोर्ड कार्यालयमा प्रमाणपत्र हस्तान्तरण गर्दै सदस्य सचिव कृष्ण बस्नेतले ( पर्शुराम )ले प्रदेशमा सक्रिय खेलकुद संघ मध्येको फुटबल संघले सबै भन्दा अगाडी बोर्डमा दर्ता हुन आउँदा अन्य संघलाई समेत प्रेरणा प्राप्त हुने बताउनु भयो। बस्नेतले प्रदेश खेलकुद बोर्डमा दर्ता भैरहँदा खेल संघ र बोर्ड बिच प्रत्यक्ष र घनिभूत सम्बन्ध स्थापित हुने बताउनु भएको थियो।

फुटबल संघको तर्फ बाट संघका अध्यक्ष किशोर राईले प्रमाणपत्र ग्रहण गर्नु भएको थियो।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]