जनता समाजवादी पार्टी नेपालको दमक नगर समिति पुनर्गठन भएको छ ।
शुक्रबार दमकमा आयोजित पार्टीको नगर समिति पुनर्गठन कार्यक्रमबाट टिकाप्रसाद राईको अध्यक्षतामा जसपा नेपालको दमक नगर समिति पुनर्गठन भएको हो ।
समितिका उपाध्यक्षमा लिला आङ्देम्बे, सचिवमा सन्तोष लावती, कोषाध्यक्षमा रीता तुम्रोक, सदस्यहरुमा क्रमशः सुशिला लिम्बू, दिलिप धिमाल, रूपा सदा, भूपेन्द्र शेर्मा छन् । कुमारी कट्वाल, टिकादेवी गौतम, प्रभा लिम्बू, सुनिता राई, पवित्रा थेगिम छन् ।
धिरेन लावतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रंगलाल राजवंशी, कमन देवान, केन्द्रीय लेखा समिति सदस्य भवनाी आङ्देम्बे, प्रदेश १ सदस्य पदमकुमारी लिम्बू, मधेश राष्ट्रिय समिति अध्यक्ष तुलसी राजवंशी र झापा जिल्ला अध्यक्ष शत्रुधन चौधरीले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमका वक्ताहरुले स्वार्थका लागि पार्टी विभाजन गर्ने समूह (अशोक राई पक्ष) राजनीतिक रूपमा समाप्त भएको टिप्पणी गर्दै पहिचान, सुशासन, न्याय, अधिकार र समानताका लागि जसपा नेपालको विकल्प नरहेकोमा जोड दिएका थिए ।
वक्ताहरुले दुईतिहाईको काँग्रेस–एमाले सत्ता गठबन्धन उत्पीडित र शोषित जाति, वर्ग र लिङ्गका मानिसहरुबाट अुसरक्षित भएर संविधानमा उल्लेख भएका समावेशीकरण, समानुपातिक प्रतिनिधित्व कटौती गर्ने र निर्वाचनमा थ्रेस होल्ड बढाउने दिशामा अघि बढेको अरोप लगाएका थिए ।
समाजवादी महिला संघ प्रदेश १ की अध्यक्ष समेत रहेकी नेतृ ओममाया आङ्देम्बेले स्वागत गरेको कार्यक्रममा जिल्ला उपसचिव आकाश लावतीको सञ्चालन रहेको थियो ।