कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारित स्वच्छ, मर्यादित एवं सशक्त हुनु पर्ने बताउनु भएकाे छ।
नवनिर्वाचित पदाधिकारीहरुको प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण समारोहमा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले पत्रकारहरुको सामुहिक हक, हित र अधिकारको रक्षा गर्ने संस्था नेपाल पत्रकार महासंघको नेतृत्व सर्व पक्षय हुनुपर्ने पर्ने धारणा राखेका थिए ।
नेपाल पत्रकार महासंघको नवनिर्वाचित अध्यक्ष सुशिला पाठक ,उपाध्यक्षमा निर्वाचित सन्तोष सिग्देल, महिला उपाध्यक्ष तारा आचार्य र बिनु तिम्सिना, सचिव नेत्र पी अधिकारी, सहसचिव श्यामसुन्दर सुतिहार र रेवतीरमण निरौला, कोषाध्यक्ष कौशल निरौला प्रमाणपत्र ग्रहण तथा पदस्थापन गरेरका छन्र।
त्यसेगरी कार्यसमितिका निर्वाचित सदस्यहरूमा कुमार खडका, उषा सरदार,अनुज सापकाेटा, तिलक नेपाली,बावुराम निराेला, मुकेश कुमार यादव, सुनिल यादव, डुमर लाल मेहता, राेशन पाेखरेल लगायका निर्वाचित समितिहरू प्रमाणपत्र ग्रहण गरेर पदस्थापन गरेका छन् ।
कार्यक्रममा महासंघका कोशी प्रदेशका संस्थापक अध्यक्ष एवं मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लीलावल्लभ घिमिरे, पत्रकारहरु मोहन भण्डारी, यज्ञ शर्मा लगायतले पनि नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल सफलताको शुभकामना व्यक्त गरे ।