नेपाल उद्योग परिसंघ कोशी प्रदेशकाे शुभकामना आदानप्रदान सम्पन्न ।

Logo
प्रकाशित आइतबार, कार्तिक ११, २०८१

नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले विराटनगरमा शुभ-दीपावली, एवम छठ पर्वको शुभ अवसर पारेर शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम सम्पन्न भएकाे छ।
कोशी प्रदेशका सभामुख अमरबहादुर बिष्ट, जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका प्रमुख संरक्षक महेश जाजु, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष नविन रिजाल, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साह, विराट व्यापार संघका अध्यक्ष अंशु बंजरा कार्यक्रममा अतिथिको रुपमा सहभागि थिए । नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझी, नेकपा एमाले मोरङका अध्यक्ष बाबुराम कार्की, नेकपा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य महेश रेग्मी, जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी समिति जयराम यादव,जसपानेपाल माेरङका जिल्ला अध्यक्ष राजकुमार यादव , विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकाल, आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख भुपालराज शाक्य, मोरङ प्रहरी प्रमुख नारायणप्रसाद चिमरिया, भन्सार एजेन्ट महासंघ नेपालका केन्द्रिय सचिव प्रविण जोशी तथा उद्योगी, व्यवसायी, सुरक्षाकर्मी, सञ्चारकर्मी कार्यक्रममा सहभागि भएकाथिए ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष एवं संविधान सभा सदस्य पवनकुमार सारडा, वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडालगायका व्यक्ति हरूकाे उपस्थित रहेका थिए।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]