विराटनगर, असोज ५ गते । जागृत महिला समाजले मधेसी समुदायका महिलाहरुले मनाउने जितिया पर्वको अवसरमा महोत्सव र सम्मान कार्यक्रम आयाेजना गरेका छन् । विराटनगर महानगर पालिका मेयरपदका प्रत्यासी नेता सागर थापले अहिलेका शासकहरूले दक्षिणीभेगमा विकाकाे कार्यमा विभेद गरिरहेकाे आराेप लगाउनु भएकाे छ। थापले जितिया पर्वलाई रास्ट्रिय पर्वकाे रूपमा सबैमिलेर मनाउनु पर्ने उनकाे धारणा रहेकाे छ। सथै जितिया पर्व काे सफलताकाे शुभकामना व्यक्त गर्नु भएकाे छ।
जागृत महिला समाजले जितिया पर्वको अवसरमा विराटनगर महानगरपालिका वडा नं. १४ स्थित भगवती चाैकमा जितिया महोत्सव तथा सम्मान कार्यक्रमको आयोजना गरेर समाजिक अभियान्ता तथा पत्रकारहरुलाई सम्मानपत्र र मायाको चिनो प्रदान गरी सम्मानत गरेका थिए । उक्त कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सासंद गीता रानी महतो र विशिष्ठ अतिथी वडा नं. १४ का वडा अध्यक्ष सुर्य नारायाण महतोले संयुक्त रुपमा अप्पन विराटगढ परोपकार समाजको अध्यक्ष एवंम समाजिक अभियन्ता बसुन्धरा झा, मकालु टेलिभिजनका पत्रकार उषा सरदार, विराट प्रेस डटकमका प्रधान सम्पादक मुकेश कुमार यादव, हिपमत अनलाईका सम्पादक विरेन्द्र साहलाई सम्मान पत्र प्रदान गरेका थिए। मकालु टेलिभिजनका पदम कुमार सरकार र क्राइम अपरेश अनलाईनका सम्पादक श्याम सुन्दर सुतिहारलाई मायाको चिनो दिएर सम्मान गरेका थिए ।
प्रमुख अतिथि प्रदेश सासंद गीता रानी महतोले कार्यक्रमलाई सम्बोधन गर्दै भने मधेसी समुदायका महिलाहरुले मनाउदै आएकाे जितिया पर्वको शुभकामना दिदै एक आपसमा मिलेर नाचगान गरी मनाउने परम्परा रहेकाे उनले महिलाहरुले पनि समाजमा केही गर्न सक्छभने संदेश दिएको छ। मधेसी महिलाहरु आफ्नो अधिकार अन्य क्षेत्रहरूमा समेत खोज्नु पाउनुपर्ने उनले वताए । विशिष्ठ अतिथि वडा न १४का वडा अध्यक्ष सुर्य नाराय महतोले शुभकामना मनत्वय व्यक्त गरेका थिए।साे कार्यक्रममा जसपा नेपाल माेरङ जिल्ला का काेषाअध्यक्ष विनिता सिंह, वदमिया साह,लगायकाे व्यक्तिहरूकाे उपस्थिति रहेका थिए। स्वास्थ्यकर्मीहरूले, ल्याव सेवा दिएका थिए। भने कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरूलाई मायाको चिनाे दिएर सम्मान गरेका थिए। जागृत महिला समाजकी अध्यक्ष ममता यादवकाे अध्यक्ष तामा कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएका थिए