श्रीराधाकृष्ण रथयात्रा हुने।

Logo
प्रकाशित शुक्रबार, भाद्र ०७, २०८१

विराटनगरमा श्रीराधाकृष्ण रथयात्रा निकालिने भएकाे  छ । वि.सं. १९८८ सालमा खटयात्राबाट सुरु भएको यात्रा २०२५ सालदेखि रथयात्रामा परिणत भएको थियो । यो ९३औं संस्करणको रथयात्रा हो ।
श्रीराधाकृष्ण रथयात्रा आयोजक समितिले बिहीबार पत्रकार सम्मेलन गरेर मंगलबार भव्य र सब्य रुपमा रथयात्रा निकालिन लागेको जानकारी गराएको हाे। रथयात्रा आयोजक समितिका सचिव कृष्णबहादुर कार्कीले ६ घण्टामा रथयात्राले ९ किलोमिटरको दूरी तय गर्ने बताए ।पत्रकार सम्मेलनमा अध्यक्ष रेग्मीले भने अहिलेसम्म ४६ वटा झाँकी दर्ता भइसकेकाे छ। दर्ता हुने क्रम जारी रहेकोले ६० भन्दा बढि झाँकी रथयात्रामा सहभागि हुनेछन् । रथयात्रालाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ । उपाध्यक्ष नन्दकिशोर राठीले रथयात्रामा व्यवसायीक विज्ञापन माथि प्रतिबन्ध लगाइएको बताए  श्रीराधाकृष्ण रथयात्रा दक्षिण एसियाकै सबैभन्दा ठुलो रथयात्रा मनाउने भएकाे छ । रथयात्राको नेपाल र भारतका ५ लाख भन्दा बढि धर्मावलम्बीहरूले अवलोकन गर्ने आयाेजकले जनएकाे छ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]