

विराटनगर महानगरपालिका वडा नं. १८ को नाँया भवन प्रमुख अतिथि तथा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले रिवन काटेर उदघाटन गर्नुभएकाे छ ।
भवन उदघाटन कार्यक्रममा बाेलदे भने विराटनगर महानगरपालिकाको राजश्व कम उठेको छ । सो बजेटबाट विराटनगर बासीको असिमित चाहना रआकाक्षालाई पुरा गर्न सकिदैन भन्दै वडाको आफ्नै सुविधा सम्पन्न भवन वडावासीले पाएकोमा शुभकामना व्यक्त गरेका छन्न। वडावासीलाई चाहिने विकास निर्माणको कार्यमा थप बजेट दिनसकिने उनकाे धारणा रहेकाे छ। कार्यालयको नयाँ भवनमा विधीवतरूपमा उदघाट सम्पन्न भएका थिए।
पण्डितद्धारा पूजापाठ गरी उदघाटन गरेका थिए । वडा कार्यालयको २ कट्ठा जमिनमा ६९ लाखको लागतमा बनेको भवनमा ६ वटा कोठाकाे भवन रहेकाे छ।
साे कार्यक्रममा स्थानिय नेताहरूकाे उपस्थिति रहेका थिए।वडा नं. १८ एवम् वडा कार्यालयकाे भवन उदघाटन कार्यक्रममा अध्यक्ष जितेन्द्र साहले भने बधनगर गाविस हाल विराटनगर वडा नं. १८ भएको छ विराटनगरको दक्षिणी भेगमा रहको वडामा विभिन्न झमेला भएका कारण कर्मचारी बस्न नमानेको र महानगरले चाहेजति बजेट नदिए काे कारणले महानगरले ध्यान दिनु पर्ने साहले बताएको हाे।