मुख्य मन्त्री हिक्मतकुमार कार्की द्वारा गोल्डेन अस्पतालको उद्‌घाटन सम्पन्न ।

Logo
प्रकाशित आइतबार, साउन २७, २०८१

विराटनगर कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुमार कार्कीले आइतबार गोल्डेन अस्पतालको उद्‌घाटन कार्यक्रम सम्पन्न।भएकाे छ। गोल्डेन अस्पताल आइतबारदेखि आफ्नै नवनिर्मित नाँया भवनमा सेवा दिने भएको छ । यो नयाँ भवन विराटनगर महानगरपालिका- वडा न११ मा छ। ४८ करोड रुपैयाँको लागतमा निर्माण गरिएको ६ तल्ले भवन सुबिधा सम्पन्न रहेको छ । गोल्डेन अस्पतालका बोर्ड अफ डाइरेक्टर सनातन मण्डलले ३५ भन्दा बढि विशेषज्ञ डाक्टर कार्यरत रहेको गोल्डेन अस्पतालमा सबै रोगको उपचार सेवा उपलब्ध रहेको बताए । १५ बेडको ओपीडी सेवाबाट सञ्चालनमा आएको गोल्डेन अस्पतालले नयाँ भवनमा अस्पताल सञ्चालनमा ल्याउँदा १ सय बेडको मान्यता प्राप्त गरेका छन् । महेन्द्र चौकको नयाँ भवनको अस्पतालबाट निम्न आयस्तर भएका बिरामीदेखि हुने खाने बिरामीहरूको एकैबाट उपचार सेवा प्रवाह हुने मण्डलले बताए 
गोल्डेन अस्पतालका प्रबन्ध निर्देशक एवं बरिष्ठ फिजिसियन डा. श्यामकुमार रौनियारले अबको केही समयपछि अस्पताल चौक र महेन्द्र चौकको नयाँ भवन गरी दुवै ठाउँबाट बिरामीलाई सेवा प्रवाह गर्ने बताए छन। केही समयपछि अस्पताल चौकमा सञ्चालित अस्पताललाई बन्द गरेर महेन्द्र चौक पश्चिम रहेको नयाँ अस्पताल आफनै भवनबाट बिरामीलाई उपचार सेवा प्रदान गर्ने बताए ।

उदघाटन कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री जयराम यादव, पुर्व मन्त्री शिव कुमार मन्डल, पु्र्व समाजिक विकास मन्त्री जीवन घिमिरे, सांसदहरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका उच्च पव्यक्तित्वहरु, राजनीतिक दलका प्रतिनिधीहरु, संघ संस्थाका उच्च व्यक्ति, नागरिक समाज, बुद्धिजीवी, स्वास्थ्य कर्मीहरु लगायतको बाकलाे उपस्थिति रहेको थियोे । डाक्टर श्याम रौनियारको बुवा गलाबचन्द रौनियारको अध्यक्षतामा सम्पन्न भएको हाे।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]