विराटनगर जेष्ठ २३गते कोशी प्रदेशमा केही समय अगाडिदेखि रोकिएको खेलकुद प्रतियोगिता पुनः सुरु हुने भएकाे छ। कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत को पहलमा रोकिएको खेलकुद प्रतियोगिता पुनः सुरु हुनेभएकाे छ । बोर्डले विराटनगरमा बुधबार पत्रकार सम्मेलन काे आयाेजना गरेर प्रतियोगिताको कार्यतालिका सार्वजनिक गर्दै प्रतियोगिता हुने स्थानको टुंगो लागिसकेको जानकारी दिएका थिए । बोर्डका सदस्यसचिव कृष्ण बस्नेत का अनुसार अधिकांश प्रतियोगिताको मिति र स्थान तय गरिसकिएको छ । ड केहीको मिति तय हुन बाँकी रहेपनि सबै प्रतियोगिताहरु असार १५ गतेभित्रमा सक्ने योजना रहेको उनले जनाएकाे छ ।केही प्रतियोगिता सञ्चालनका लागि सम्झौता भइसकेको र केही सम्झौताको चरणमा रहेको बस्नेतले बताए ।
मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता मोरङमा, प्रदेशस्तरीय पौडी प्रतियोगिता सुनसरी र मोरङमा, महिला ‘सेल्फ डिफेन्स’ (आत्मरक्षा) तथा योगा प्रशिक्षण झापा, मोरङ र सुनसरीका तीनवटा विद्यालयमा तथा प्रदेशस्तरीय कुरास प्रतियोगिता आयोजना हुने भएको छ ।
योजनाअन्तर्गत मोरङको गोठगाउँमा बहुउद्देश्यीय ‘स्पोर्ट्स कम्प्लेक्स’ निर्माणदेखि मेची स्टेडियम र इटहरी तथा धरानमा फ्लडलाइट जडान गर्ने कार्यलाई अघि बढाउने उनकाेभनाई रहेकाे छ।